यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ – Samacharpati Samacharpati यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ

यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ

यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ

युरोपेली मुलुक इटालीमा गएर बस्ने कुरा हामी धेरैका लागि सपना जस्तै होला । तर यदि यो खबर पढ्नु भयोभने अवश्य पनि रोमाञ्चित हुनुहुनेछ। किनकी इटालीको सिसिलीको एक नगर परिषदले विदेशीहरुलाई त्यहाँ घरजम गर्न सघाउ पर्‍याउने निकै गज्जबको कार्यक्रम अघि सारेको छ ।

उक्त अफर अनुसार त्यहाँ केवल १ युरो अर्थात् झण्डै १ सय २५ रुपैयाँ तिरेर घर खरिद गर्न सकिनेछ ।

सिसिलीको ग्रामीण इलाकामा पर्ने सम्बूका गाउँका अधिकारीहरुले लगातार घटिरहेको जनसंख्याको समस्या समाधानका लागि यस्तो विशेष योजनाको घोषणा गरेका हुन् ।

जस अनुसार मानिसहरुको बसाइँ सराइँसँगै खाली भएका घरहरुलाई अब १ युरोमा बेचिनेछ । पहिले निकै धेरै रहेको उक्त गाउँको जनसंख्या अहिले घटेर झण्डै ६ हजार रहेको छ ।

सम्बूका नगर परिषदले गाउँमा खाली रहेका घरहरु खरीद गरी एक युरोमा बेच्नेछ । विश्वभरका मानिसहरुलाई उक्त गाउँमा बसोबासका लागि आकर्षित गर्ने योजना नगरपरिषदको रहेको छ ।

अहिलेसम्म गाउँका ६० वटा घर बिक्री गरिएकोमा अधिकांस विदेशीहरुले खरीद गरेका अधिकारीहरुले जनाएका छन् । अझ त्यसमा लेखक, कलाकार, संगीतकार समेत घर किन्नेमा रहेका छन् । विश्वका विभिन्न देशका मानिसहरु गाउँमा आएर बसोबास गर्न सुरु गरेकोमा अधिकारीहरु मख्ख छन् ।

१ युरोमा घर किनिसकेपछि उक्त घरको मर्मतको खर्च भने नयाँ घरमालिकको नै हुनेछ । मर्मतका लागि ३ वर्षको समय दिइन्छ ।

बसोबास बढाउने सम्बूका गाउँका त्यो योजना इटालीका अन्य गाउँहरुले पनि पछ्याउन थालेको बताइएको छ । एजेन्सीको सहयोगमा

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका