fbpx

बस र मोटरसाइकल ठोक्किदा एक नाबालकको मृत्यु, दुई जना घाइते

author

समाचारपाटी

८ महिना अगाडि

विराटनगर । मोरङको रंगेली नगरपालिका–२ मंगलबारेमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिहीबार दिउँसो २:४० बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा परेर सुनवर्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशी राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे। 

उहाँका अनुसार दुर्घटनामा नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते हुनुभएकाे छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका आमा–छोरालाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा राति ८:३० बजेतिर नाबालक दीक्षाको मृत्यु भएको डीएसपी दाहालले बताउनुभयाे। 

बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ। उहाँको दाहिने खुट्टाको घुँडादेखि तलको भाग कच्याककुचुक भएको प्रहरीले जनाएको छ। आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी पनि घाइते हुनुभएकाे थियाे। सामान्य अवस्थाका उहाँको गोल्डेनमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै बस र चालक रंगेली–७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने