fbpx

‘मदन भण्डारी’ ‘५ किमी रोड रेस’ को उपाधि निपूर्ण चन्द र नेहा खड्कालाई

author

समाचारपाटी

१0 महिना अगाडि

जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा कैलालीमा आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले उचालेका छन्।

बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्रतर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका निपूर्ण चन्द र छात्रातर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन्।

त्यस्तै परुषतर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए। त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौं र छैटौं त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डाले प्राप्त गरे ।

त्यस्तै छात्रातर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट र सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन्। चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, पाँचौं शारदा माविकी सवनम खातुन र छैटौं पञ्चोयद मावि धनगढी कैलालीकी सपना चौधरी भइन्।

प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैले प्रथमलाई १०र१० हजार, द्वितीयलाई ७र७ हजार, तृतीयलाई ५र५ हजार , चौथो पाँचौं र छैटौंले क्रमशः ३ हजारदेखि १ हजारसम्म पाएका थिए।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित रोड रेसको एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा पार्टी पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, पूर्व प्रदेश मन्त्री सन्तोष शर्मा थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष नन्दा बस्याल, केन्द्रीय सचिव तथा खेलकुद महासंघका प्रदेश इन्चार्ज विष्णु चन्दलगायतको उपस्थिति थियो।

रोड रेस प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, दार्चुला र बैतडी गरि ६३१ जनाको सहभागिता रहेको खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए। निश्चित समयमा दूरी पार गर्ने १०० जनालाई प्रशंसा पत्रसमेत उपलब्ध गराइएको थियो।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक