fbpx

रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि चक्कु प्रहार,दुई जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

वीरगञ्ज । फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि रौतहटमा चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते हुनुभएकाे हाे ।

बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए ।

प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । राहुलको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयाे ।

रौतहट गौर नगरपालिका वडा नं. ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन