स्याङ्जामा  कुटपिटमा परि एक महिला घाइते – Samacharpati Samacharpati स्याङ्जामा  कुटपिटमा परि एक महिला घाइते – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • स्याङ्जामा  कुटपिटमा परि एक महिला घाइते

स्याङ्जामा  कुटपिटमा परि एक महिला घाइते

स्याङ्जामा  कुटपिटमा परि एक महिला घाइते

स्याङ्जा, १२ असोज । राती चापाकोट नगरपालिका-०२ न्यौपाने डाँडा बस्ने वर्ष ३६ की मञ्जु क्षेत्रीको घरमा निजको छोरी वर्ष १६ की सुमिना क्षेत्रीलाई एक अपरिचित व्यक्तीले धकेली बरण्डाबाट अन्दाजी ८ फिट तल भुईमा खसाली घाईते बनाएको छ । घाईते सुमिनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाईएको छ । खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

भिरकोट नगरपालिका-४ छाङछाङदी बस्ने वर्ष २८ को संगम श्रेष्ठ र सोहि स्थानका वर्ष ५२ को कृष्ण प्रसाद श्रेष्ठले मादक पदार्थ सेवन गरी संगम श्रेष्ठको घरमा एक आपसमा झगडा गर्दा निज कृष्ण प्रसाद श्रेष्ठको श्रीमती वर्ष ३५ की तिर्थमाया श्रेष्ठले सम्झाईबुझाई गर्ने क्रममा संगमश्रेष्ठ र सोहि स्थान बस्ने वर्ष ३० को संजोग श्रेष्ठले  तिर्थमाया श्रेष्ठलाई हेल्मेटले टाउको र छातिमा हानेर घाइते बनाएका  छन  घाइते तिर्थमायालाई   उपचारको लागी मेट्रोसिटी अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई कुटपिटमा संलग्न २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका