पर्वतमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न् – Samacharpati Samacharpati पर्वतमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न् – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • पर्वतमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न्

पर्वतमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न्

पर्वतमा विशेषज्ञ सहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न्

पर्वत,  १२ असोज । ६४औं प्रहरी दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको विशेष पहल साथै संयोजन तथा पर्वतको फलेवास नगरपालिकाको आयोजनामा उक्त नगरपालिका कै वडा न.४ मुडीकुवामा विशेषज्ञ सहितको स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको सामाजिक उत्तरदायित्व अन्तर्गत भौगोलिक विकट्ता तथा अस्पताल एवम् चिकित्सकहरुको असहज पहुँच र स्थानीयहरुको आर्थिक स्थितीलाई मध्यनजर गर्दै जिल्लाको उक्त स्थानमा स्वास्थ्य शिविरको आयोजना गरि सम्पन्न गरिएको हो ।

उक्त शिविरको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नेपाल प्रहरी संगठन दिन प्रतिदिन आफ्ना जनलक्षित गतिविधिहरुको माध्ययमबाट नागरिक कै सामिप्यमा रही जनहितका कार्यहरु गर्न उन्मुख रहेको स्पष्ट पार्दै कुनै पनि प्रहरी तथा व्यक्तिको उद्‌गमस्थल उसको समाज नै हुने भएकाले आफ्नो समाज प्रति उत्तरदायी हुनु हरेक नागरिकको कर्तव्य समेत भएको उहाँले बताउनु भएको छ ।

साथै सामाजिक विकृती विसंगतीको अन्त्य गरी समुन्नत समाजको निर्माणका लागि नागरिक र प्रहरी हातेमालोको अपरिहार्यतालाई महशुस गरी लागु गरिएको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत भएका विविध गतिविधिहरुले धेरै हदसम्म सामाजिक विसंगतीहरुलाई निर्मुल पार्न सफल भएको उहाँले बताउनुभयो । उक्त शिविरको आयोजना गर्ने फलेवास नगरपालिका, प्रावधिक सहयोग गर्ने गण्डकी मेडिकल कलेज पोखरा तथा आवश्यक औषधीको व्यवस्थापन गर्ने नेपाल प्रहरी श्रीमती संघप्रति समेत उहाँले आभार प्रकट गर्नुभएको छ ।
गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखराको चिकित्सक समूहले सेवा प्रदान गरेको उक्त शिविरमा स्थानीय अन्दाजी ५०० जनालाई हाडजोर्नी, मुटु र जनरल फिजिसियनसंग सम्बन्धित सेवा प्रदान गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरिएको छ ।

सोही शिविरको उद्‍घाटन कार्यक्रमका अवसरमा पर्वत जिल्लाको सोही नगरपालिकामा जन्म लिई नेपाल प्रहरी जस्तो गौरवशाली संगठनमा रहि लामो समयदेखी देश र जनताको सेवामा खटिदै हाल गण्डकी प्रदेश अन्तर्गतका नागरिकहरुको सुरक्षाको प्रमुख कार्यभार सम्हाल्नु भएकाले उहाँलाई फलेवास नगरपालिका कार्यालयद्वारा कदर पत्रले सम्मान समेत गरिएको छ । सोही नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नेपाल प्रहरीको यस कदमले आम नागरिकमा नेपाल प्रहरी प्रति सकरात्मक भावना सिर्जना गरी नागरिक र प्रहरी बिच सुमधुर सम्बन्ध कायम हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। साथै कार्यक्रममा शुभकामना मन्तव्य राखनुहुँदै पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले नेपाल प्रहरीले आम नागरिकको स्वास्थ्य सुरक्षा प्रति देखाएको उदारतालाई प्रशंसा गर्दै यस्ता कामहरुले प्रहरी संगठनलाई समाजमा बलियो रुपमा स्थापित गर्न टेवा पुग्ने कुरा बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष पदमपाणी शर्मा र प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले विरामीलाई टिकेट हस्तान्तरण गर्दै विधिवत् रुपमा सुभारम्भ गर्नु भएको उक्त निशुल्क स्वास्थ्य शिविरको कार्यक्रममा गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष पार्वती शर्मा घिमिरे, गण्डकी प्रदेश सशस्त्र प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायत आम नागरिको सहभागिता रहेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका