नौबिसे सडकखण्डको जाममा परेका यात्रुको गयो ज्यान – Samacharpati Samacharpati नौबिसे सडकखण्डको जाममा परेका यात्रुको गयो ज्यान – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • नौबिसे सडकखण्डको जाममा परेका यात्रुको गयो ज्यान

नौबिसे सडकखण्डको जाममा परेका यात्रुको गयो ज्यान

नौबिसे सडकखण्डको जाममा परेका यात्रुको गयो ज्यान

काठमाण्डौ, १० असोज   नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको ज्यान गएको छ । ज्यान जानेमा रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका शाह को मृत्यु भएको हो । उनी क्यान्सर पीडित भएको बताइएको छ । गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका