fbpx

ड्रेस टु इम्प्रेस सिजन–९’ माया, फर्जाना,प्रिया र एन्जोली बने विजेता

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौँ । फेसन डिजाइनरहरुको प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ विजेता छानिएका छन् । प्रतिस्पर्धामा राखिएको ।लुक आइ क्यान फ्लाई’, तक्स एण्ड तिआरा’, एक्स्कुइजित कर्प्स’, मेतालिक एण्ड इथ्लेजर’ चार थिम अनुसार चार विजेता
छानिएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न प्रतियोगीतामा लुक आइ क्यान फ्लाई’ तर्फ माया गुरुङ विजेता बन्दा तक्स एण्ड तिआरा’ तर्फ फर्जाना खातुन विजेता हुनुभयाे । त्यस्तै एक्स्कुइजित कर्प्स’ र मेतालिक एण्ड इथ्लेजर’
तर्फ क्रमश प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बन्न सफल रहे । कार्यक्रममा एन्जोलीले बेष्ट डिसिप्लेन अवार्ड समेत हात पार्नुभयाे । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ड्रेस टु इम्प्रेस सिजन–९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट
ग्राजुयट सेरोमनी पनि भएको थियो । डिजाइनरका विद्यार्थीबीच हुने ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा पनि समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ कम्बिनेशन गर्न आईआईएफटीले ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो ।

जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेको छन् । प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको ड्रेस टु इम्प्रेस सिजन–९’मा पुर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरु राजेश ढाक्का, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल,पम्फा श्रीश लगायत निर्णायक रहनुभएकाे थियाे ।

ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम रहेको आईआईएफटीका कार्यकारी निर्देशक विपना थापाले बताउनुभयाे । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस’ सुरु गरेको थापाको भनाई छ ।
ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेज समेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिब शेर्पाले बताउनुभयाे । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज
प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाले जानकारी दिनुभयाे ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन