नवलपरासि, ८ असोज । कावासोती नगरपालिका-१६ चालिसकिलो जंगल स्थित पूर्व पश्चिम राजमार्ग खटिएको प्रहरीको RSSC चेकिङ टोलीले भैरहवाबाट पोखरा आउँदै गरेको ना ६ ख ७४९५ नंम्बरको को यात्रुबाहक बसमा सवार तनहुँको ब्यास नगरपालिका -४ बस्ने वर्ष १९ को आषिश नेपालीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रहरीले फेनरागन-११० एम्पुल, डाईजोपाम- ११० एम्पुल, नुफिन-११० एम्पुल र नाईट्रोभेट- ५ ट्याबलेटगरी ३३५ थान लागूऔषध सहित फेला पारेको छ थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।
पश्चिम सुस्ता गाउँपालिका-४ लसैया टोल घर भई बिनयी त्रिवेणी गाउँपालिका -६ रानीनगर चौतारा स्थित बस्ने वर्ष अंन्दाजि ३५र४०को अमिरका चमार मृत अवस्थामा भेटीएका छन । चमार मृत अवस्थामा छन् भन्ने खबर प्रहरीलाई प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
मिति २०७६।०६।०८गते ।