पर्वतमा पहिरोमा पुरिएर एक मानिस र पानीमा डुबेर एक बालकको मृत्यु–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • पर्वतमा पहिरोमा पुरिएर एक मानिस र पानीमा डुबेर एक बालकको मृत्यु

पर्वतमा पहिरोमा पुरिएर एक मानिस र पानीमा डुबेर एक बालकको मृत्यु

पर्वतमा पहिरोमा पुरिएर एक मानिस र पानीमा डुबेर  एक बालकको मृत्यु

पर्वत, ६ असोज । कुश्मा नगरपालिका-७ खरिया स्थित पोखरा बागलुङ सडकखण्डमा मोरङ घरभई हाल मध्य पहाडी लोकमार्गको सव-ओभरसियर रहेका अन्दाजि वर्ष २३ र २४ को कमल राई बाटो सर्वे गरिरहेको अवस्थामा अचानक माथिबाट आएको पहिरोमा पुरीएका छन् मान्छे पहिरोमा पुरिएको छ भन्ने खबर  प्रहरीलाई  प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई उद्वार   गरि  उपचारको लागि जिल्ला अस्पताल पठाईएको  थियो  उपाचारको क्रममा चिकित्सकले  ति मानिसलाई   मृत घोषणा गरेका छन । घटनाको विषयमा भने थप अनुसन्धान भईरहेको छ ।

फलेबास नगरपालिका-१० कुर्घा बस्ने प्रिती नेपालीको डेढ वर्षको छोरा रेगम नेपाली आफ्नो घर नजिक रहेको गोबर ग्याँसको ओभरफ्लो पानीको खाडलमा डुबेर तैरी रहेको अवस्थामा आफन्तले देखेपछि तत्काल पानीबाट निकाली उपचारको लागि धुलीखेल अस्पताल फलेबास पर्वत ल्याईएका थिए ।  ति बालकलाई चिकित्सकले मृत घोषणा गरेको छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका