fbpx

ढाकामा ट्रकसँग ठोक्किएर एम्बुलेन्स दुर्घटना, छ जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

ढाका । बिरामी बोकेर बङ्गलादेशका राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा मंगलबार बिहान ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित छ जनाको ज्यान गएको छ। विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन्। 

एम्बुलेन्समा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ। 
एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ लागेको उद्धारकर्मीले बताएका छन्। बिरामी र निजका तीन जना सहयोगी तथा चालक र सहचालक दुर्घटनामा मारिएका उनीहरूले जनाएका छन्। 

साँघुरा राजमार्ग, उपयुक्त ढङ्गले नियमितरूपमा मर्मतसम्भार नगरिएका सवारी साधन, अदक्ष चालक, सवारी ज्ञानको अभाव तथा ट्राफिक नियमको पूर्ण परिपालना नहुँदा तथा नियामक निकाय ट्राफिक विभागको फितलो अनुगमनका कारण बङ्गलादेशमा सडक दुर्घटना अधिक हुने गरेका छन्। 

बङ्गलादेश प्यासेन्जर वेलफेयर एसोसिएसन नामक स्थानीय संस्थाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२२ मा देशभर  सात हजार छ सय १७ सडक, रेल र जलमार्ग दुर्घटनामा १० हजार आठ सय ५८ जनाको मृत्यु भएको छ भने १२ हजार आठ सय ७५ जना घाइते भएका छन्।

रासस


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन