fbpx

गलकोट बहुमुखी क्याम्पसमा श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ गरिंदै

author

समाचारपाटी

३ महिना अगाडि

थम्मन थापा बागलुङ । बागलुङकाे गलकोट बहुमुखी क्याम्पसमा श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ गरिने भएकाे छ । माघ १६ गलकोट बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरेर ज्ञानमहायज्ञ गरिने जानकारी गरिएकाे हाे । क्याम्पसमा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको क्याम्पसले जनाएको छ । मंगलबार गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी गलकोट क्षेत्रकै एक मात्र सामुदायिक क्याम्पसको दीर्घकालीन गुणस्तरीय भौतिक र शैक्षिक विकासमा सहयोगार्थ शैक्षिक ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी संगीतमय कथा प्रवचन सहित महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पसका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो । हाल क्याम्पसमा बिएड र बिबिएसका कक्षाहरु सञ्चालन हुँदै आएकोमा विश्व बजार अनुकुलका विभिन्न विषयहरु थप गर्ने तथा हाल सञ्चालन हुँदै आएका विषयहरुको समेत स्तरोन्नती गरी स्नातकोत्तर तहका कक्षाहरु र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ मार्फत २० करोड रकम संकलन गर्ने लक्ष्य रहेको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभयो । महायज्ञबाट संकलित रकमले क्याम्पसको २० रोपनी भन्दा बढी जग्गा खरिद गरेर अध्ययन अध्यापन भवन, प्रशाशनिक भवन, छात्रावास भवन, स्मृती कक्ष तथा सभा भवन, पुस्तकालय कक्ष, प्रयोगात्मक कक्ष, खेलकुद मैदान र स्मृती पार्क लगायतका संरचना समेत निर्माण गर्ने उद्धेश्य महायज्ञले राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो ।

क्याम्पसको शैक्षिक भौतिक विकासका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेकाले वार्षिकोत्सवको अवसरलाई सदुपयोग गरी महायज्ञ आयोजना गरिएको र सो अवसरमा देश विदेशमा रहेका महानुभावहरुलाई सहयोगका लागि अपिल गर्ने आयोजकले जनाएको छ । महायज्ञमा भागवत भाष्कर श्री कमलनयन गौतमज्यूको प्रमुख वाचकत्वमा दैनिक संगीतमय भजन कृतन, नृत्य पाठ पुजा लगायतका कार्यक्रम रहने जनाईएको छ । गौचम ज्यूले सञ्चालन गर्ने संगीतमय श्रीमद्भागवत महायज्ञको सफलताका लागि समाजका सबैपक्षसँग सहयोगको अपिल गरिएको सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले बताउनुभयो । वि।सं २०६१ मा स्थापित गलकोट बहुमुखी क्याम्पस सुरुवातमा गलकोट माध्यमिक विद्यालयको भवनमा बिहानी समयमा सञ्चालन हुँदै आएको थियो ।

क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि वि।स। २०६१ फाल्गुण १४ गतेदेखि २२ गतेसम्म विश्वशान्ति धनधान्यान्चल महायज्ञ आयोजना गरी संकलित रकमबाट क्याम्पसको भवन निर्माण तथा शैक्षिक व्यवस्थापन गरीएको थियो । तत्कालिन समयमा महायज्ञबाट १ करोड ५० लाख नगद संकलन तथा झण्डै २५ लाख बराबरको जग्गा निःशुल्क प्राप्ति भएको थियो । क्याम्पसमा शिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा गलकोट नगरपालिका सहित, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी २५७ विद्यार्थी अध्ययनरत रहेका छन् । महायज्ञ सञ्चालनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति र २६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञ सफल पार्न मुल समारोह समिति तथा उपसमितिहरुले तयारीलाई तीव्र पारेका छन् ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन