fbpx

विद्यालय तहमा नैतिक शिक्षा पढाउनुपर्नेमा सांसदहरुको जोड

author

समाचारपाटी

३ महिना अगाडि

सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताएका हुन् । उनीहरुले अहिलेको समयमा नैतिक शिक्षा पढाउनु अत्यावश्यक भइसकेको भन्दै नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने बताए । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्व खड्किएको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताउनु भयो । त्यस्तै पोषणका कुराहरु र स्वस्थ जीवनशैलीका कुराहरु पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरुको पनि ज्ञान दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘नैतिक शिक्षा किन हटाइयो ? फेरि राख्ने तयारी गर्नुभएको छ कि छैन ? अहिले नैतिक शिक्षा, व्यवहारिक शिक्षाको महत्व खड्किएको अवस्था छ । पाठ्यक्रममा समेट्नुपर्ने विषय पोषणको पनि छ । अहिले धेरैजसो नसर्ने रोगहरु एकदमै बढिरहेको अवस्था छ । घरघरमा सुगर, प्रेसर, दमका बिरामीहरु हुन्छन् । यो विद्यालय तहदेखि पढाउनुपर्नेछ । स्वस्थ जिवनशैली कसरी अपनाउने भन्ने विषयमा । आफ्नो मौलिक हक, अधिकारका कुराहरु, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरु सानैदेखि सिकाउनुपर्छ । व्यवहारिक शिक्षा पर्याप्त सिकाउनुपर्छ । बरु सैद्धान्तिक कुराहरुलाई कम गरौँ ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरुलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जंकफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हामीले गाउँगाउँमा विकास त गर्यौँ । गाउँगाउँमा ग्याँस, बिजुली पु¥यायौँ । गाउँगाउँमा मोटर पुग्यो । तर बिजुलीको प्रयोग एउटा बच्चाले कसरी गर्ने ? ग्याँसको प्रयोग कसरी गर्ने ? मोटरदेखि कसरी सुरक्षित हुने भन्नेकुरा हामीले पाठ्यक्रममा राख्न सकेनौँ । आज मैले पिएचडि गरेँ । पिएचडि गरेर के गर्ने ? म ग्याँस बाट जल्न सुरक्षित हुन सकिँन । पाठ्यक्रममा प्रविधिको विकास अनुसार, सुविधाको विकासअनुसार सानो बच्चाबाट लान सकेनौँ । समाजमा जंक फुड छ । शहरी इलाकामा एउटा बच्चा जन्माउने नाममा औषधिको सेवनले गर्दा कुनै न कुनै अंग बिग्रिएका बच्चाहरु जन्मिएका छन् । यि समस्याहरु छन् । यी कुराहरु गर्नु हुन्छ हुँदैन भन्ने कुरा तल्लो स्तरबाट गएनौँ भने यसले नेपालमा अर्को ठूलो रोग ल्याउने छ ।’

त्यसैगरी, बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद सरिता भुसालले विद्यार्थीहरुलाई देशभक्तिका कुराहरु पढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभक्तिको कुराहरु पढाएमा विद्यार्थीहरु विदेशिनबाट रोकिने बताउनु भयो । उहाँले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताउनु भयो । संस्कारविहिन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरुले देश र अभिभावकहरुलाई माया गर्न नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘अहिले हाम्रा युवाहरु धेरै विदेशिने परम्परा चलिराखेको छ । बच्चाहरुलाई देशप्रतिको माया र भक्ति भावना जगाउने खालका र धेरै कुराहरु देशमै सम्भव छ भन्नेखालका कुराहरु हामीले पाठ्यक्रममा राख्यौँ भने बच्चाहरु विदेशिनबाट रोकिन्छन् । विशेषगरी पाठ्यक्रमहरु बनाउँदै गर्दा हाम्रो संस्कृति, भेषभुषा, स्वदेशप्रतिको माया, बच्चाहरुलाई दिइने संस्कार सहितका शिक्षा । यदी हामीले शिक्षासँगै संस्कार राखेनौँ भने मान्छे शिक्षित भएर मात्रै पनि चेतनशिल हुन्छ भन्ने छैन । त्यसैले संस्कारलाई पनि हामीले पाठ्यक्रममा राखौँ । व्यवहारिक शिक्षा, नैतिक शिक्षा, संस्कारयुक्त शिक्षाहरु सिकाउन सकेनौँ भने बच्चा मेसिन जस्तो मात्रै उत्पादन हुनेछ । मेसिनरी शिक्षा पाएका बच्चाहरुले न त यो देशलाई माया गर्छ । न त अभिभावकहरुलाई माया गर्छन् ।’

त्यस्तै नेकपा(एमाले)का सांसद डा. कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राख्नुभयो । उहाँले संविधानले परिभाषित गरेको बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरुपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो – ‘पाठ्यक्रममा नैतिक शिक्षा अत्यन्त जरुरी छ । हाम्रो संविधानले हाम्रो समाज भनेको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । त्यसो भएको हुनाले पनि हामीले नैतिक शिक्षा दिँदाखेरी कुनै धार्मिक आस्थाको भरमा नैतिक शिक्षाको नियमहरु बनाउने ? ति कुराहरु ख्याल गरेर पाठ्यक्रममा राख्नुपर्यो ।’

सांसद राईले स्वस्थ जिवनशैली, ट्राफिक सचेतना लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताउनु भयो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२८.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने