रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँच मा ६७३ लाभान्वित – Samacharpati Samacharpati रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँच मा ६७३ लाभान्वित – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँच मा ६७३ लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँच मा ६७३ लाभान्वित

रोटरी क्लव पोखरा न्यूरोडको छैटौं आँखा जाँच मा ६७३ लाभान्वित

पोखरा, २९ भदौ ।  रोटरी क्लव पोखरा न्यूरोडको छैटौै पटकको आँखा जाँचबाट ६ सय ७३ लाभान्वित भएका छन् । क्लबले तनहुँको म्यग्दे गाउपालिका स्थित जामुने को राधा माबिका विद्यार्थी तथा शिक्षकको आँखा जाच गरेको हो । क्लवको बार्षिक कार्ययोजना अनुरुप छैटौं पटकको कार्यक्रममा नर्सरी देखी १० कक्षा सम्मका विद्यार्थीहरुको आँखा जाँच भएको थियो । क्लवका कार्यक्रम संयोजक राम बिक्रम अधिकारीका अनुसार आँखा जाचका क्रममा ४ जानको अपरेसन गर्नु पर्नपर्ने देखिएको छ ।

जसमा एक जनाको मोतियबिन्दु १ जन मा परेलको अप्रसन र दुई जनाको सामान्य सल्यक्रिया गर्नु पर्ने देखिएको हो । समस्या देखिएका विद्यार्थीहरुको अपरेसन पनि रोटरी क्लव अफ पोखरा न्युरोड र मनिपाल अस्पताल मार्फत निशुल्क उपचार गरिदिने भएको छ ।
कार्यक्रममा आवस्यकता अनुसारका निशुल्क चस्मा र औसधी पनि बितरण गरिएको थियो ।

साथै कार्यक्रममा बाबा फाउन्डेसन को सहयोगमा ४ थान डस्विन तथा स्टेशनरी समेत वितरण गरिएको थियो । कार्यक्रम कल्बका अध्यक्ष रोटरियन दिनेशचन्द्र बस्तोलालाको अध्यक्षतामा सम्पन्न भएको थियो । दुई जना डक्टर सहित पाँज जनाको समुहले विद्यार्थीको आँखा जाँच गरेको थियो । आखा जाच कार्यक्रम मनिपाल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका