fbpx

चारवर्षसम्म अलपत्र मुस्ताङ थासाङ ३ र ४ वडा जोड्ने लेते–छ्यो सस्पेन्सन पुलको काम अघि बढ्दै

author

समाचारपाटी

१ year अगाडि

जोमसोम । चारवर्षसम्म अलपत्र मुस्ताङको थासाङ गाउँपालिका ३ र ४ वडा जोड्ने लेते–छ्यो सस्पेन्सन पुलको काम अहिले द्रुत गतिमा अघि बढाइएको छ।

हिउँदयामको चिसो मौसममासमेत लेते–छ्यो सस्पेन्सन पुलको काम सञ्चालन भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।

२०७४ साल फागुन महिनामा साविक जिविसले लेते–छ्यो जोड्ने मोटरेबल सस्पेन्सन ब्रिजको ठेक्का सम्झौता गरेको थियो। कालिगण्डकी नदीमा निर्माणधीन यो मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवाले लिएको थियो।

कालिगण्डकी वारीपारी गरी एक सय मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइ रहेको यसको लागत ११ करोड ३० लाख रहेको थियो। सुरुवाती ठेक्का सम्झौता हुँदा पुल निर्माणको काम १८ महिनामा सकिनु पर्ने थियो। तर, थासाङ गाउँपालिका ३ र ५ जोड्ने लेते—कुञ्जो सस्पेन्सन मोटरेबल तत्कालीन समयमा प्राविधिकले गरेको डिजाइन फेल भएको भन्दै ४ वर्षसम्म पुल निर्माण अन्योल बनेको थियो। २०७५ सालको भदौ महिनामा कालिगण्डकी नदीको बाढीले पुलको फाउन्डेसन बीममा क्षति पुर्याएपछि निर्माणधीन पुलको संरचना जोखिममा परेको थियो।

कालिगण्डकी नदीको कटानले पुलको बीममा क्षति पूर्याउँदा पुलको १५ प्रतिशत भौतिक प्रगति थियो। त्यसपछि निर्माणको काम रोकिएको थियो। निर्माण कम्पनीले पुलको दायाँबायाँ दुईवटा टावर फाउन्डेसन ढलानको आशिंक काम गरेको थियो।

निर्माणाधीन अवस्थामा रहँदा भौतिक पुर्वाधार विकास मन्त्रालयले २०७७ भदौमा उक्त पुल निर्माणको अख्तियारी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिएको थियो। लामो समयदेखि काम रोकिएको लेते—कुञ्जो मोटरेबल पुलको काम भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देलले जानकारी दिनुभएकाे छ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन