लमजुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

लमजुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङ, २६ भदौ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले सामाजिक सन्तुलन विगार्दै देशलाई दुर्गतीको दिशातिर लैजानेहरु विरुद्ध कठोर एवम् निर्ममताका साथ प्रस्तुत भई राष्ट्रलाई अग्रगामी मार्गमा डोर्याउन नेपाल प्रहरी वाधा व्यवधानहरुको जस्तोसुकै पर्खाल तोड्न कटिवद्ध रहेको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमणका क्रममा यही भाद्र २४ गते लमजुङ पुग्नु भएका उहाँले शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

साथै समयानुकुल नेपाल प्रहरी प्रति आम नगारिकको अपेक्षामा समेत वृद्धि भएकाले प्रहरीले समेत जनतालाई नै केन्द्रविन्दुमा राखी विविध जनलक्षित अवधारणाहरुको विकास गरी समाजमा लागु गरेको समेत उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा आम नागरिकबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्ने क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले उपलब्ध सिमित श्रोत साधन तथा न्यून सुविधाका बावजुत पनि नेपाल प्रहरी उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको बताउँदै अन्य सरोकारवाला निकायको सहयोगले प्रहरी सेवालाई प्रभावकारी बनाउन टेवा पुग्ने कुरा बताउनु भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र बेशिसहर लमजुङका अध्यक्ष विसंभर अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधी, समाज सेवी लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित