fbpx

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

author

समाचारपाटी

१ year अगाडि

ब्याडमिन्टनका उदियमान खेलाडी द्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बैशाख १२ देखि १७ गते ९अप्रिल २५ देखि ३०० सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराउनुभयाे ।

उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयाे । आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामना सहित बिदाई गर्नुभयाे । बिदाईका क्रममा उपाध्यक्ष कोईरालाले नेपालका उच्च श्रेणीका ब्यक्तिहरुले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफु बिश्वस्त रहेको बताउनुभयाे । परिक्षाका कारण विदाई कार्यक्रममा रशिलाको उपस्थिती रहेन ।
बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छबीलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र बहादुर थिङ्गको उपस्थिती रहेको थियो । टोली आइतबार दुवई प्रस्थान गर्ने कार्यक्रम रहेको थियाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक