केपी ओली र मोदीले रिमोट थिचेर मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन गरे औपचारिक उद्घाटन | Samacharpati        
Home | About Us | Contact | Unicode |

केपी ओली र मोदीले रिमोट थिचेर मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन गरे औपचारिक उद्घाटन

काठमाडौँ, २४ भदौ । रिमोट थिचेर ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको औपचारिक उद्घाटन आज गरिएको छ । प्रधानमन्धी केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७/२ किमी भारततर्फ गरी कुल ६९/२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो । यो सँगै अब पेटेलको मूल्य सस्तो हुने भएको छ भने तेल ढुवानी पनि सहज हुने भएको छ ।

पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ । यस अघि पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ । यसअघि ट्याङ्करले भारतबाट नेपाल तेल ढुवानी गर्दै आएको थियो । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करीब रु ७५ करोड लगानी रहेको छ । सोमा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२/५ किलोमिटर तथा नेपालतर्फ ३७/५ किलोमिटर लम्वाई रहेको छ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने छ ।

नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुने बताइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित