गायक प्रकाश मल्लको आवाजमा ”तहलका“ भिडियो सहित | Samacharpati        
Home | About Us | Contact | Unicode |

गायक प्रकाश मल्लको आवाजमा ”तहलका“ भिडियो सहित

काठमाडौँ, २३ भदौ । पछिल्लो समयमा पप गायनको क्षेत्रमा निकै रुचाएका गायक प्रकाश मल्लको आवाजमा सजिएको युवा पुस्ताको बास्तविक भोगाई समेटिएको ”तहलका“गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा निकै रोचक रुपमा समेटिएको छ । प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतमा रेख सिंह धामीको रयाप रहेको छ । युवा युवती विचको मायामा आउने हलचल बाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”तहलका“गीतको भिडियोमा प्रकाश , रिचार सिधको फिचरिङ रहेको छ । ”तहलका“गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित