हेल्थ एट होम र केशर मेडिस्पाको निःशुल्क स्वास्थ्य शिविर | Samacharpati        
Home | About Us | Contact | Unicode |

हेल्थ एट होम र केशर मेडिस्पाको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २२ भदौ । हेल्थ एट होम, पोखरा र केशर मेडिस्पाको आयोजनामा आज पोखरामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  पोखरा–५, मालेपाटनस्थित रविन्द्र स्मृति बाटिकामा भएको स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएको केशर मेडिस्पाका प्रबन्ध निर्देशक डा. सुरेन्द्र सापकोटाले जानकारी दिनुभयो । सूर्यचन्द्र विकास समाजको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप र फिजियोथेरापी गर्नुपर्ने बिरामीले आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।

स्वास्थ्य जाँच गराएका बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको केशर मेडिस्पाका संस्थापक राजेन्द्र सापकोटाले जानकारी दिनुभयो । हरेक महिना स्वास्थ्य शिविरलाई नियमित रुपमा सञ्चालन गर्दै जाने उद्देश्यले पहिलोपटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सापकोटाले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित