साहित्यकार उजीर रानालाई मगर आदिकवि रेखबहादुर पुरस्कार | Samacharpati        
Home | About Us | Contact | Unicode |

साहित्यकार उजीर रानालाई मगर आदिकवि रेखबहादुर पुरस्कार

पोखरा, २२ भदौ ।  नवलपुरनिवासी मगर साहित्यकार उजीर रानामगरलाई यस वर्षको “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६” प्रदान गरिने भएको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न बैठकले साहित्यकार रानामगरलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष धिरेन्द्र थापामगर “किसानी”ले जानकारी दिनुभयो । संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर संयोजकत्वको प्रतिभा छनौट समितिले साहित्यकार रानामगरलाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिमा प्रदेश समितिकी निवर्तमान अध्यक्ष गीता थापामगर र अध्यक्ष धिरेन्द्र थापामगर “किसानी” सदस्य रहनुभएको थियो ।

साहित्यकार रानामगरलाई यही भदौ २८ गते मगर भाषाका आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गरिने सचिव कृष्ण थापामगर “मीगीन”ले जानकारी दिनुभयो । पुरस्कारको राशि सात हजार रुपैयाँ नगद, सम्मानपत्र र भाङ्ग्राले पुरस्कृत साहित्यकारलाई सम्मान गरिने उहाँले बताउनुभयो । यस पुरस्कारबाट यसअघि, फूलकुमारी थापामगर, लोकबहादुर थापामगर र रूद्रबहादुर हितानमगर सम्मानित भइसक्नुभएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित