क्यान्सर पिडित मोतीकलालाई खड्केटारि ‘परिवर्तन युवा समुह’ले गर्यो आर्थिक सहयोग | Samacharpati        
Home | About Us | Contact | Unicode |

क्यान्सर पिडित मोतीकलालाई खड्केटारि ‘परिवर्तन युवा समुह’ले गर्यो आर्थिक सहयोग

फेदीखोला, २२ भदौ । तनहुँ जिल्ला स्थाई घर भई अस्थाई रुपमा स्याङ्जा फेदीखोला-२ बस्दै  आएका श्री विष्णु नेपालको श्रीमती मोतीकला नेपाल लाई फोक्सोमा क्यान्सर भई भरतपुरस्थित क्यान्सर हस्पिटल मा उपचाररत  भइरहेको छ  र उपचार खर्च महगो र जटिल भएकाले  आर्थिक अवास्था  कमजोर भएको हुदा  परिवर्तन युवा समुहले पिडितलाई आर्थिक सहयोग गरेको छ ।

फोक्सोको क्यान्सर भएर १ महिना सम्म मोतीकला नेपाल भरतपुर क्यान्सर हस्पिटल मा उपचाररत रहेकी थिइन् उक्त कुरा मोतीकला नेपालका श्रीमान् विष्णु नेपालले परिवर्तन युवा समुहलाई जानकारी गराएका थिए ।  उक्त परिवारलाई उपचार गराउन कठिन भएको कुरा  परिवर्तन युवा समुहका सदस्यको कानमा पर्यो त्यसपछि  परिवर्तन युवा समुहका सदस्य यो उपचारमा सहयोग गर्नुपर्छ  भनेर संवत् स्फुर्त रुपमा लागि परेका थिए ।

परिवर्तन युवा समुहलाई सदैव साथ दिने देश बिदेशमा रहेका युवाहरुले पनि मोतीकलाको उपचारको  निमित  आर्थिक सहयोग गरेका छन् । ‘परिवर्तन युवा समुह’ समितिका सबै  सदस्यहरु यस कुरालाई गम्भीर रुपमा लिएर आफ्नो टोल छिमेक  खडकेटारी र बडाचौरमा  मा घरदैलो गरि त्यहाँका मानिसहरु लाई उक्त समस्याको बारेमा जानकारी गराउदै मोतीकलाको उपचाररत रहेको फोटो ब्यानर  बोकेर घरदैलो कार्यक्रमबाट पनि केही आर्थिक सहयोग जुटाएका थिए ।

केही रकम सामाजिक सन्जाल मार्फत  थाहा पाउनेले परिवर्तन युवा समुहलाई बुझाएका  थिए ।  परिवर्तन युवा समुहले आफ्नो समिति भित्रका सदस्यहरु बाट पनि  सहयोग जुटाएका थिए । परिवर्तन युवा समुहले थोरै समयमा पनि ७६,२८१ रुपैयाँ संकलन गर्न सफल भएको थियो । परिवर्तन युवा समुह उक्त संकलित रकम क्यान्सर पिडितलाई शनिबार एक कार्यक्रम मार्फत फेदीखोला गाउपालिका का अध्यक्ष घनश्याम सुबेदी ,  कलबका अध्यक्ष रमेश शर्माद्धारा  सयुक्तरुपमा हस्तान्तरण  गरीएको  हो ।

उक्त कार्यक्रममा परिवर्तन युवा समुह पुर्व अध्यक्ष होम बहादुर खत्री , कार्यकाल अध्यक्ष रमेश शर्मा , उपाध्यक्ष मनोज कार्की ले आर्थिक सहयोग को बिषयमा आफ्ना गहकिला तर्क मन्तब्य मार्फत राखेका थिए ।  यस्ता समस्या जो कसैलाई पनि पर्छ यस्ता समस्या को समाधानमा सबै यसरि नै लागि पर्नुपर्छ भन्ने संदेश ‘परिवर्तन युवा समुह’ को यहि कामले  दिएको छ । परिवर्तन युवा समुहले यहाँ भन्दा पहिला पनि मिर्गौला पिडितलाई आर्थिक सहयोग गरेको थियो । यस्ता समस्याहरु को लागि आफ्नो सामुह सधैँ यसरि लागि पर्ने पर्तिबद्धता परिवर्तन युवा समुहका अध्यक्ष, उपाध्यक्ष,पुर्व अध्यक्षले जानकारी गराएका थिए ।

‘परिवर्तन युवा समुह’ कामप्रति  फेदीखोला गाउपालिका अध्यक्ष घनश्याम सुबेदी ,वडा अध्यक्ष हिमालय जंग बानिया वडा सदस्य इन्द्रबहादुर अधिकारीले  पिडितलाई गरेको आर्थिक सहयोग निकैनै  सम्मानजनकिए रहेको यस कार्यक्रममा आफुहरुलाई उपस्थिति हुन् पाउदा ज्यादै खुशी लागेको बताएका थिए । परिवर्तन कल्बले गर्दै आएका काममा सधैँ गाउपालिकाले सहयोग गर्दै आएको अझै यस्तै कामहरु गर्नको निम्ति अध्यक्ष घनश्याम सुबेदी,हिमाल जंग बानियाले कलबलाई थप उर्जा मिल्ने गरि  आफ्ना तर्क राखेका थिए । यस्ता कामहरु गर्नुपर्छ यस्ता कामको लागि गाउपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

यस कार्यक्रममा   बुद्धिजीबी बर्ग सधैँ ‘परिवर्तन युवा समुह’ केही गर्नको लागि जन्मीएको हो  । यस कल्बलाई हामीले सहयोग गर्नुपर्छ  भन्ने उच्च सोच राख्ने ठुल्डी, खड्केटारीबासीहरुको पनि  यस कार्यक्रममा  उपस्थिति रहेको थियो । यस कार्यक्रम औपचारीक र शान्ता रुपमा यस कल्बका सह-सचिव हिक्मत कार्कीले संचालन गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित