राजधानी काठमाडौंमा छ अनौठो कुकर जहाँ भात, दाल, हैन कफी पाकिरहेको हुन्छ ! | Samacharpati        
Home | About Us | Contact | Unicode |

राजधानी काठमाडौंमा छ अनौठो कुकर जहाँ भात, दाल, हैन कफी पाकिरहेको हुन्छ !

काठमाडौँ, २० भदौ । राजधानी काठमाडौंको बागबजारमा एउटा अनौठो कुकर छ, हेरिरहदा कुकरमा भात, दाल, हैन कफी पाकिरहेको हुन्छ । र, सिठी सुइययययय सुुइयययययय बजिरहेको हुन्छ ।यसरी कफी पाक्न कुकरले सिठी बजाउने ठाउँ हो बागबजारस्थित काठमाडौ मोडल अस्पतालको अगाडि रहेको थ्रि ब्रदर्श फाष्ट फुड एण्ड रेष्टुरेण्ट । केही समयअघि निकै चर्चा कमाएको कुकर कफी अहिले उक्त रेष्टुरेण्टले शुरु गरेको रेष्टुरेण्ट संञ्चालक शिबदेब पाण्डेले जानकारी दिनुभएको छ ।

बुटबलमा शुरु हुँदा देशभर निकै चर्चाको विषय बनेको थियो कुकर कफी, कुकर कफी निकै चर्चित बनेपनि धेरैले यसको स्वाद लिन सकेका छैनन । त्यही उत्सुकतालाई मेटाउन आफुले कुकर कफी राजधानीमा शुरुवात गरेको बताउँछन् शिबदेब पाण्डे । बागबजारस्थित उक्त रेष्टुरेण्टपछि काठमाडौका विभिन्न ठाउँमा कुकर कफीको सञ्जाल फैलाउने सोचमा छौ भन्छन पाण्डे । कुकर कफी कुकरमा जम्मा भएको बाफले उमालेर तयार गरिन्छ । निरन्तर खाएको कफीलाई आगोले पकाइन्छ भने कुकर कफी कुकरमा जम्मा भएको बाफ धाराबाट बाहिर निकालेर तयार गरिन्छ । कुकर कफी कसरी तयार गरिन्छ हेर्नुहोस् भिडियो ।

सुजन न्यौपाने

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित