रेडक्रसको कार्यलय कक्ष उद्घाटन – Samacharpati Samacharpati रेडक्रसको कार्यलय कक्ष उद्घाटन – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • रेडक्रसको कार्यलय कक्ष उद्घाटन

रेडक्रसको कार्यलय कक्ष उद्घाटन

रेडक्रसको कार्यलय कक्ष उद्घाटन

हेमजा, २० भदौ । रेडक्रस दिवसको अबसर पारि नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले एक कार्यक्रमका बिच हेमजामा कार्यलय कक्ष बिहिबार उद्घाटन गरेको छ । काार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डेले नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा कास्की शाखाका अन्य उपशाखा भन्दा अग्र स्थान रहेको यहाका सामाजिक ब्यक्तित्वले सहयोग गरेर भएको बताउदै जग्गा दाता कुलचन्द्र बाँस्तोला प्रति आभार प्रकट गरे ।

उनले उपशाखाको भबन निर्माणको लागि आर्थिक जुटाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका कोषाध्यक्ष टेकमायाँ आचार्यले रेडक्रसका सात सिदान्त बाचन गरेको कायक्रममा वडा सदस्य दलबहादुर कुवँर, सत्य साइ कन्द्र हेमजाका सल्लाकार मदुसुधन त्रिपाठी, समाजसेवी दान ब. थापा, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्रि धर्मराज अधिकारी, र समुन्वयकर्ता बिष्णुप्रसाद भण्डारी लगाएतले आफनो भनाइ राखेका थिए ।

उक्त अबसरमा गण्डकी प्रदेश भजन चुड्काका अध्यक्ष भरतचन्द्र गौतम र सञ्चारकर्मी एवं कलाकार पोषराज पौडेलले सास्कृतिक प्रस्तुती राखेका थिए । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका का.ब सभापति पुर्णलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहसचिब मिन ब. थापाले र सञ्चालन सचिब तिलक तिमिल्सिनाले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका