गायक सुरज थापाको निर्देशन रहेको ‘लालुमै लालुमै’मा प्रकाश र रियासाको रोमान्स् | Samacharpati        
Home | About Us | Contact | Unicode |

गायक सुरज थापाको निर्देशन रहेको ‘लालुमै लालुमै’मा प्रकाश र रियासाको रोमान्स्

काठमाडौँ, २० भदौ । नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको लालुमै लालुमै बोलको गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुरज आफैंले निर्देशन गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित