fbpx

फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु,१५० जना पक्राउ

author

समाचारपाटी

१0 महिना अगाडि

फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।

गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो। गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताएका छन्।

फ्रान्सका मिडियाका अनुसार प्रहरीले सुरुमा प्रहरीलाई कारले ठक्कर दिने उद्देश्यले नजिक आएपछि गोली चलाउनुपरेको बताएको थियो। तर सो घटनाको भिडियोमा प्रहरीले गाडीको झ्यालबाट युवकलाई पेस्तोल ताक्दै नजिक गएको र गोली हानेको देखिएको छ। समाचार एजेन्सी एएफपीले यो भिडियो फुटेजको सत्यता पुष्टि गरेको छ।

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको बताउनुभएकाे छ। देशभर तनावको स्थिति सिर्जना भएपछि उहाँले मन्त्रीहरुको आपतकालीन बैठकसमेत बोलाएको बीबीसीले जनाएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोलीबाट मारिने युवक फ्रान्सिसी-अल्जेरियाई मूलको परिवारका सदस्य हुन्। सन् २०१७ देखि हालसम्म फ्रान्समा प्रहरीको गोलीबाट मारिनेहरु अधिकांश काला जातिका या अरब मुलका रहेका रोयटर्सले जनाएको छ।

गत वर्ष फ्रान्समा ट्राफिक नियम उल्लंघनको घटनामा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

एजेन्सी


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक