यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि | Samacharpati        
Home | About Us | Contact | Unicode |

यू–१९ एसिया कप क्रिकेट आजदेखि, नेपालको खेल भोलि

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल भने समूह ‘बी’ मा रहेको छ । यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश र यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । २२ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध २४ गते प्रतिस्पर्धा गर्दैछ ।

टेष्ट नेशन राष्ट्रलाई पराजित गर्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित