१२ वर्षपछि नेपाल वायुसेवा निगमको जहाज जापान पुग्दा, पहिलो उडानमा नै करोड रुपैयाँ घाटा | Samacharpati        
Home | About Us | Contact | Unicode |

१२ वर्षपछि नेपाल वायुसेवा निगमको जहाज जापान पुग्दा, पहिलो उडानमा नै करोड रुपैयाँ घाटा

काठमाडौं, १३ भदौ । नेपाल वायुसेवा निगमको वाइडबडीलाई फेरी अर्को झड्का लागेको छ । पर्यटनमन्त्री फेरीएसँगै नयाँ नयाँ योजनाहरु ल्याइएको छ । र नेपाल वायुसेवा निगमलाई विश्वकै वाह भन्ने बनाउँछु, भन्ने पर्यटमन्त्रीको वाचा भएता पनि जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किँदा निगमका माथिल्ले तहका कर्मचारीहरुमा निराशा देखियो ।

बिहिबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उड्दासम्म घाटा साामन्य नै भएता पनि जापानबाट नेपाल फर्किने क्रममा जम्मा ४० यात्रु भएसँगै निगमको जहाजले ठूलो घाटा बेहोर्नु परेको निगका एक अधिकारीले ओएस नेपाललाई जानकारी दिएका छन् ।

ति अधिकारीका अनुसार जापानको ओसाकाबाट फर्कीदा निगमको जहाजले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउन सक्यो । जसका कारण एउटै उडानबाट मात्रै निगमले करिब करोड रुपैयाँ घाटा बेहोरेसँगै अबको निगमको यात्रा के होला भन्ने प्रश्न खडा भएको छ ।

source:osnepal

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित