चलचित्र ‘मिष्टर नेपाली’ को ‘नाचौं न छम्म छम्म’ बोलको गीत सार्वजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

चलचित्र ‘मिष्टर नेपाली’ को ‘नाचौं न छम्म छम्म’ बोलको गीत सार्वजनिक

काठमाडौं, १३ भदौ । अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्मा अभिनित फिल्म ‘मिष्टर नेपाली’को गीत सार्वजनिक भएको छ । चलचित्रमा यी दुईको विवाहको दृश्य पनि समावेश गरिएको छ। ‘नाचौं न छम्म छम्म’बोलको गीतमा भुबन र रीमाको अभिनय रहेको छ । देवचुली फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई देव नारायण भुषालको लेखन तथा निर्देशन गरेका हुन्।

चलचित्रमा प्रेमराज दाहालको लगानी छ। साहिल श्रेष्ठ र कुशुम राउत यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछन्। चलचित्रमा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, सुरेन्द्र केसी, रवी डंगोल, राजेन्द्र गिरी, अर्जुन खत्री, लक्ष्मी तिमिल्सिनाको अभिनय रहेको छ । आउँदो कात्र्तिक २९ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रले राष्ट्रियताको कथा बोल्छ। हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित