दुखको पोखरीमा डुबेकी शुभद्रा पौडेलले सालिकराम पुडासैनीको बारेमा गाइन् मार्मिक गीत | Samacharpati        
Home | About Us | Contact | Unicode |

दुखको पोखरीमा डुबेकी शुभद्रा पौडेलले सालिकराम पुडासैनीको बारेमा गाइन् मार्मिक गीत

काठमाडौँ, १३ भदौ । दुख सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुहुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दुखको पोखरिमा डुबेकी छन । शुभद्रा जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्।

उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान।

त्यस्तै आफ्नै पिडामा आशु बगाई रहेकी सुभद्रा अचानक सालिकराम पुडासैनी आफ्नै नुवाकोट वासी होटलमा झुण्डिएको अबस्थामा मृत फेलापरेका हत्या अथवा आत्महत्या भएको खबर आउदा बित्तिकै आफुलाई रोक्न सकिनन्। यसै बिषय बस्तुलाइ केन्द्रित गरि उनले आफ्नै रचना शब्दमा नेपाली हरुको मन छुने सालिकराम पुडासैनी लागायत संचारकर्मी रबि लामिछाने ज्युको लागी मार्मिक गित पस्केकी छन् । पुरा भिडियो अन्तिम सम्म हेरिदिनु हुन् र शेयर गरि दिनु आग्रह गर्दछौ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित