चीनमा आएको आँधीमा परि आठ जनाको मृत्यु | Samacharpati        
Home | About Us | Contact | Unicode |

चीनमा आएको आँधीमा परि आठ जनाको मृत्यु

हाइकाउ, १२ भदौ  चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो । एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो ।

प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी परिचालन गरेको छ । यसैबीच, चीनको उत्तर पश्चिमको निङसिया हुई स्वायत्त क्षेत्रमा दुई वटा सवारी साधन एकापसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित