आज फेरी बढ्यो सुनको भाउ !! कति पुग्यो तोलाको ! | Samacharpati        
Home | About Us | Contact | Unicode |

आज फेरी बढ्यो सुनको भाउ !! कति पुग्यो तोलाको !

काठमाडौँ,  १२ भदौ । बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ तोलामा आँठ सयले बढेको हो । आज सुन तोलाको ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ७३ हजार १ सयमा कारोबार भइरहेको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित