नवजात शिशुको लागि हानिकारक हुन्छ गाईको दूध – Samacharpati Samacharpati नवजात शिशुको लागि हानिकारक हुन्छ गाईको दूध – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • नवजात शिशुको लागि हानिकारक हुन्छ गाईको दूध

नवजात शिशुको लागि हानिकारक हुन्छ गाईको दूध

नवजात शिशुको लागि हानिकारक हुन्छ गाईको दूध

काठमाडौँ, १२ भदौ  । गाई नेपालको राष्ट्यि जनाबर हो । यसलाई हामीले भगवानको रुपमा पुजा गर्ने गरिन्छ र नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । यसको दुध पुजा पाठमा पनि प्रयोग गरिन्छ गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयोग गरिन्छ ।

हिन्दू धार्मिक मान्यताअनुसार गाईको पिसाबलाई गहुँत भनिन्छ, जुन मर्दापर्दा काम लाग्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पूरा गर्न सहयोग गर्छ । तर, गाईको दूध नवजात शिशुका लागि भने हानिकारक रहेको वैज्ञानिकहरू बताउँछन् ।

ठोस खानेकुरा खान नसक्ने बच्चाका लागि गाईको दूध विकल्पको रूपमा प्रयोग गरिन्छ । तर गाईको दूधमा आमाको दूधमा जस्तो आइरन हुँदैन । त्यसैले आमाको दूध खान नपाउने अवस्था आएमा बच्चालाई गाईको दूधसँगै आइरनयुक्त अन्य खानेकुरासमेत खुवाउँदा केही राम्रो हुन्छ । गाईको दूधले नवजात शिशुको श्वासप्रश्वास प्रक्रियामा असर पुर्‍याउँछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका