fbpx

नवलपरासीका १७ हजारभन्दा बढी घरपरिवार शौचालय बिहिन

author

समाचारपाटी

१ year अगाडि

नवलपरासीका १७ हजारभन्दा बढी घरपरिवारसँग शौचालय नभएको पाइएको छ। शौचालय नभएका घरपरिवार विपन्न समुदायका रहेका छन्। आर्थिक अभावका कारण शौचालय बनाउन नसकेका उनीहरु खुला स्थानमा गएर शौच गर्न बाध्य छन्।

जिल्लालाई सात वर्षअघि खुला दिसामुक्त घोषणा गरे पनि अहिलेसम्म आइपुग्दासमेत सबै घरपरिवारमा शौचालय बन्न सकेको छैन। २०७२ सालमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले नवलपरासीलाई खुला दिसामुक्त क्षेत्र जिल्ला घोषणा गरेका थिए।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं जनगणना-२०७८ को तथ्यांकअनुसार जिल्लाका १७ हजार २२ ९४ दशमलब ४ ० घरपरिवारमा शौचालय छैन। तथ्यांकअनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ८६ हजार ८६८ छ। जिल्लामा साधारण शौचालय प्रयोग गर्ने परिवारको संख्या सबैभन्दा बढी ५५ दशमलब ८ प्रतिशत छ। जिल्लाका केही पालिकाहरुले खरको छानामुक्त अभियान सञ्चालन गरे पनि अझ पनि खरको छाना र टायल, खपडा र झिँगटीको घरमा बसोबास गर्ने परिवारको संख्या पनि उत्तिकै छ। खर, पाली र छालीको घरमा बस्ने परिवारको संख्या ८ हजार ८ सय ९७ (२ दशमलब ३ प्रतिशत ) छ। टायल, खपडा र झिँगटीको घरमा बसोबास गर्ने परिवारको संख्या ३७ हजार ५२६० ९ दशमलब ७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। जस्ता र टिनको घरमा बस्ने २८ दशमलब ४ प्रतिशत छ। ५७ दशमलब ७ प्रतिशतसँग सिमेन्टको ढलान घर छ।

तिनै तहका सरकारले खरको छाना मुक्त घर र शौचालय निर्माणलाई प्राथमिकता दिएर काम गरेको जनाए पनि नवलपरासीमा भने यो समस्या अझै हटेको छैन। जनताको नजिकको सरकार भनेर चिनिएको स्थानीय तहहरुले उक्त समस्या समाधानभन्दा भौतिक संरचना र बाटो घाटोलाई मात्र विकासका रुपमा लिने गरेका कारण विपन्न समुदायको समस्या ओझेलमा परेका हुन्। जसका कारण उनीहरुको कष्टकर जीवनमा परिवर्तन आउन सकेको छैन।

जनगणनाको तथ्यांकअनुसार १० वर्षको अवधिमा जिल्लाको जनसंख्या ६५ हजार ८१० ले बढेर ३ लाख ८६ हजार ८६८ पुगेको छ। कुल परिवार बसोबास संख्या ८२ हजार ७३८ रहेको छ। सबैभन्दा बढी जनसंख्या बर्दघाट नगरपालिकाको र कम जनसंख्या सुस्ता गाउँपालिकाको रहेको छ। १० वर्षको अवधिमा बर्दघाटको जनसंख्या २१ हजार ७०३ ले बढेर ७६ हजार ७०३ पुगेको छ। सुस्ता गाउँपालिकाको ४ हजार ७६५ ले बढेर ४० हजार ६५५ पुगेको छ। सुनवल नगरपालिकाको ७२ हजार ८५ पुगेको छ। रामग्राम नगरपालिकाको ६४ हजार १७, प्रतापपुर गाउँपालिकाको ४९ हजार ८९७, सरावल गाउँपालिकाको ४२ हजार २०७ र पाल्हीनन्दन गाउँपालिकाको जनसंख्या ३८ हजार १८६ रहेको छ। जिल्लाको जनसंख्या वृद्धिदर १ दशमलब ४७ रहेको तथ्यांकमा उल्लेख छ।

annapurnapost


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने