लेखनाथ उद्योग वाणिज्य संघमा निर्विरोध कार्यसमिति, अध्यक्षमा बलराम ढकाल | Samacharpati        
Home | About Us | Contact | Unicode |

लेखनाथ उद्योग वाणिज्य संघमा निर्विरोध कार्यसमिति, अध्यक्षमा बलराम ढकाल

पोखरा, ११ भदौ । लेखनाथ उद्योग वाणिज्य संघमा कार्यसमिति निर्विरोध चयन भएको छ । यद्यपि औपचारीक घोषणा हुन बाँकी छ । सबै पदमा १/१ जनाको उमेद्वारी मात्र परेपछि सबै जना निर्विरोध चयन भएका हुन् ।

संघको १२ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार उम्मेदवारी दर्ता कार्यक्रम थियो । संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी ‘राजु र कोषाध्यक्षमा जानुका अधिकारीको मात्रै उम्मेदवारी परेको हो । महिला सदस्यमा दीलकुमारी दाहाल र इन्दिरा रोका, एसोसिएट सदस्यमा विक्रम कर्माचार्य एवं संस्थागत सदस्यमा सुदेव गुरुङ पनि निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका खुला ८ जना सदस्यमा भरतराज ओझा, भीमबहादुर सार्की, बुद्धिप्रसाद बास्तोला, धीरजकुमार श्रेष्ठ, मेनका श्रेष्ठ, राधाकृष्ण अधिकारी, रामजी पौडेल र शैलेन्द्रमोहन भट्टराईको मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय भदौ १२ गते ३ बजेसम्म रहेकाले निर्वाचन समितिले निर्विरोधको घोषणा भने गरेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित