रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा – Samacharpati Samacharpati रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा

रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा

रेडियो हेमजाको आयोजनामा हुने बृहत तिज महोत्सव, तयारी अन्तीम चरणमा

हेमजा, १२ भदौ । रेडियो हेमजा ८८.५ मेगाहर्ज पोखरा २५ हेमजाले आयोजना गरेका बृहत तीज महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव यही भाद्र १४ र १५ गते हेमजा मिनि मार्केट, हेमजा मिलनचोकमा हुनेछ । हेमजा संचार सहकारी संस्था लि.दवाारा संचालित रेडियोले नेपाली नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा बृहत तिज महोत्सवको आयोजना गरेको हो ।

सम्वृद्धिका लागि कृषि र पर्यटन विषयक उक्त तीज महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, हास्य कलाकारको प्रस्तुती, घैटो फुटाउने प्रतियोगिता आदि रहेका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमशं २० हजार, १५ हजार, १० हजार, ५ हजार र उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभुषाले २÷२ हजार प्राप्त गर्ने छन् । त्यस्तै दर्शक दिर्घबाट नृत्य गर्नेलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने  कार्यक्रम संयोजक विष्णु बाँस्तोलाले जानकारी दिइन ।

महोत्सवको मुख्य प्रायोजनको रुपमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश रहेकोमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रर्वद्धकको रुपमा रहेको छ । त्यस्तै विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नं. २५ को वडा कार्यालय, जन्मथलो हेमजा र कर्मथलो अमेरीका बनाएकाहरुको संस्था हेमजा वयल फेएर सोसाईटी, यू.एस.ए र यशोदा फुड्स प्रा.लि रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका