फास्टट्रयाकमा मुआब्जा चुनौती | Samacharpati        
Home | About Us | Contact | Unicode |

फास्टट्रयाकमा मुआब्जा चुनौती

नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग विविध समस्याका बाबजुद द्रुततर गतिमा अघि बढेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ।

सरकारले २०७४ वैशाख २१ गते उक्त आयोजनालाई राष्ट्रिय गौरवको यो आयोजना घोषणा गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सरकारले उक्त आयोजना २०७४ साउनमा नेपाली सेनालाई हस्तान्तरण गरेको थियो।

हस्तान्तरणलगत्तै काम शुरू भएको यो आयोजनाको काम अहिलेसम्म कटिङ, फिलिङ, रूख कटान, मुआब्जा वितरणलगायत गरी १ दशमलव ५ प्रतिशत सम्पन्न भएको नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं तराई द्रुतमार्ग आयोजनाको कार्यालयका इन्जिनियर सेनानी विनोद श्रेष्ठले बताउनुभयो।

नेपाली सेनाको काठमाडौं तराई–मधेस द्रुतमार्ग आयोजनाको कार्यालयका इन्जिनियर सेनानी श्रेष्ठले चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको प्रक्रियागत कामहरू नै ढिला शुरू भएकाले सम्पन्न अवधि केही लम्बिन सक्ने जानकारी दिनुभएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा चिरञ्जीवी मास्केले लेखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित