नागरिकता विधेयकमा अझै सहमति जुट्न सकेन | Samacharpati        
Home | About Us | Contact | Unicode |

नागरिकता विधेयकमा अझै सहमति जुट्न सकेन

नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ ।

नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्योल बढेको छ ।

उपसमितिमा ‘नेपालीसँग विवाह गरेका विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिनेबारे, सरकारले टोली खटाएर नागरिकता वितरण गर्ने’ विषयमा विवाद कायमै रहेको छ । यो सममाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित