मालपोत कार्यालय लमजुङले शुरु गर्यो अनलाईन सेवा | Samacharpati        
Home | About Us | Contact | Unicode |

मालपोत कार्यालय लमजुङले शुरु गर्यो अनलाईन सेवा

लमजुङ, १० भदौ । मालपोत कार्यालयलमजुङले अनलाईन सेवा शुरु गरेको छ । सेवाग्राहीलाई सहज, सरल एवम् छिटो छरितो रुपमा सेवा प्रदान गर्न अनलाइन सेवा सञ्चालनमा ल्याएको कार्यालयका प्रमुख गंगाबहादुर घलेले बताएका छन् ।

उक्त सेवाको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले उद्घाटन गरे । उनले सूचना प्रविधिको युगमा सार्वजनिक सेवा कार्यालयहरू प्रविधिमैत्री हुनु लाई राम्रो पक्ष भएको बताएका छन् । उनले अनलाइनबाट सेवा सुरु भएपछि कार्यालयमा हुने किर्ते र जालसाजी जस्ता अनियमितताका कार्य समेत रोक्न मद्दत पुग्ने बिश्वास व्यक्त गरेका छन् । उनले भने – ‘अनलाइनबाट सेवा सुरु भएपछि नागरिकहरूले सहजै सेवा पाउँने छन्, झन्झट बेहोर्नुपर्दैन ।’

मालपोत कार्यालयका प्रमुख गंगाबहादुर घलेले नागरिकलाई मालपोतमा सेवा लिन आउँदा यसअघि धेरै समय कुनुपर्ने बाध्यता रहेको भन्दै अनलाइन सेवा सुरु भएपछि त्यो समस्या हट्ने दावी गरे । उनका अनुसार कार्यालयमा अनलाइन सेवामार्फत सेवाग्राहीलाई सेवा दिइएको छ । सेवा सुचारु गर्नका लागि अनलाइनका माध्ययमबाट सेवा प्रदान गर्न आरएस ईन्जिनियरिङले एकजना कम्प्युटर अपरेटर र मालपोत कार्यालयले एकजना कम्प्युटर अपरेटर करारमा राखेको घलेको भनाई छ ।

आरएस इन्जिनियरिङ काठमाडौंले मालपोत कार्यालयमा आई अनलाइन सेवा प्रणाली जडान गर्नुका साथै कर्मचारीलाई तालिम दिने काम गरेको सो कार्यालयका शाखा अधिकृत कृष्णबहादुर कार्कीले बताए । एउटा जिल्लाको कार्यालयमा रहेको विवरण अर्को जिल्लामा समेत हेर्न सकिने उनले बताए । अनलाईन सेवाबाट एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेर जाँदा उसको सम्पत्ति छ वा छैन भन्ने वारेमा तत्काल जानकारी हुने उनको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित