fbpx

रेडियो जननीद्धारा छ जना आमालाई सम्मान

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । रेडियो जननीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखराका ६ आमालाई सम्मान गरेको छ । आफ्नो ११ वार्षिकोत्सवको अवसर पारेर विगतका वर्षमा पनि आमा सम्मान गर्दैै आएकोमा संस्थाले यसै वर्षबाट आमा अवार्ड वितरण शुरु गरेको जनाएको छ । उक्त अवार्ड ९५ वर्ष माथिका आमाको रेखदेख गरिरहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीका परिवारलाई प्रदान गरिएको आमा अक्षयकोषका संरक्षक तथा पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रमाया कार्की आमा अवार्डवाट पोखरा १४ निवासी मन्धरा गुरुङसेनी, सरिता शेरचन आमा अवार्डवाट पोखरा–४ की उमादेवी गोथाजुका परिवार, रुकमाया थापा आमा अवार्डवाट पोखरा–१६ बाटुलेचौर निवासी चित्राकुमारी थापा, गम्भीरा भट्टराई आमा अवार्डवाट पोखरा—६ का नन्दकली पौडेल, लक्ष्मी भट्टराई आमा अवार्डवाट पोखरा–६ कै असली लामिछाने र विष्णुमाया आमा अवार्डवाट सुकमाया सुनार्नीलाई सम्मान गरिइएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले दोसल्ला, सम्मानपत्र र करुवाले सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले जेष्ठ नागरिक तथा आमाहरुलाई रेडियोले सम्मान गर्नु उदाहरणीय कार्य भएको बताउँदै समतामुलक समाज र्निमाणका लागि महिलाहरु आत्मनिर्भर हुन जरुरी बताउनुभयो । आत्मनिर्भर हुनका लागि सिपमा जोड दिनुपर्ने उहाँको भनाई छ । अहिले कानुनले पनि महिलाहरुलाई धेरै अधिकार दिएकोले महिलाहरु पनि अग्रसर भइरहेको बरालले बताउनुभयो । उहाँले विभिन्न ठाउँमा महिलाको प्रतिनिधित्व हुनु एउटा सकारात्मक सुरुवात भएको बताउनुभयो ।

महिलालाई अझै अगाडी लैजानको लागि यस्ता कार्यक्रमहरुले जागरुक बनाउनुपर्नेमा उहाँको जोड छ । आमालाई
सम्मान गर्ने जस्ता कार्यक्रमहरु मिडियाले गर्दै गयो भने आगामी दिनहरुमा महिला हिंसाका घटनाहरु न्यूनिकरण हुने र महिलाहरु आर्थिक रुपमा सशक्त हुन सक्नेमा उहाँको विश्वास छ । त्यस्तै जेष्ठ नागरिक सम्मान कार्यक्रमले वृद्धवृद्धालाई विद्धाश्रम लैजाने संस्कारलाई निरुत्साहित गर्न मद्धत पुग्ने सभासद बरालको भनाई छ ।

वि.सं. २०७० वैशाख ३० गते अक्षय तृतीयाको दिनदेखि पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने नारालाई लिएर श्रोतामाझ पुगेको रेडियोको २०७० फागुन २४ गते १०४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन तत्कालिन सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालद्धारा औपचारिक उद्घाटन भएको थियो । समाज विकासको पहिलो आधार उद्यमशिल समाज निर्माण गर्नु हो र रेडियोले सञ्चारको माध्यमवाट यही उद्घोष गरेर
उद्यमशिलतालाई स्वतन्त्र र समानताको आभास सहित रेडियो तरङ्गीत भएको हो। आवाजमा शक्ति हुन्छ, तसर्थ परिवर्तनका लागि आवाजहरु उठाउनुपर्छ भनेर रेडियो स्थापना भएको हो । र अहिले पछिल्लो समय आमाहरुको सम्मानका लागि भनेर अक्षयकोष राखेर आमाहरुलाई सम्मान गर्ने व्यक्तिहरुलाई आमा अवार्डवाट सम्मानित गरेको पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो । जवसम्म समानमा उद्यमशिलताको विकास हुदैन् तवसम्म समाज र राष्ट्रको विकास हुन सक्दैन् भन्ने मर्मलाई रेडियोले सँधै पछ्याइरहेको र आर्थिक समृद्धिलाई रेडयोले जोड दिएको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना,पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, १७ का वडाध्यक्ष राधिकायोगी शाही, २ का वडाध्यक्ष दिवसमान प्रधानाङग,६ का वडा सदस्य शोभा जलारी, प्रध्यापक वेदहरी तिमिल्सिना, जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर
क्याम्पसका प्रमुख प्राध्यापक डा. दुर्गा देवकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, अवार्ड छनौट समितिका संयोजक असफल गौतम लगायतले बोल्नुभएको थियो । पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको
कार्यक्रमको सञ्चालन रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता जमुना वर्षा शर्माले गर्नुभएको थियो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने