ट्रक दुर्घटनामा परि कामीको मृत्यु | Samacharpati        
Home | About Us | Contact | Unicode |

ट्रक दुर्घटनामा परि कामीको मृत्यु

साधन राम्जाली, म्याग्दी, ७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ ।

निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मृतक कामिको शव पोष्टमार्टमका लागि बेनी अस्पताल ल्याइएको छ । आफन्त आएपछि मृतक कामीको शव बुझाइने प्रहरीले जनाएको छ ।

अमिलाकाफल स्थित आउटलेटबाट मजदुर लिएर सुरुङ पस्ने क्रममा अनियन्त्रीत भई ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेनद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । मृतक कामी संगै ट्रकमा सवार अन्य मजदुर भने हाम फालेर भागेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित