म्याग्दी र तनहुँमा सवारी दुर्घटना दुई घाईते – Samacharpati
Samacharpati
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • म्याग्दी र तनहुँमा सवारी दुर्घटना दुई घाईते

म्याग्दी र तनहुँमा सवारी दुर्घटना दुई घाईते

म्याग्दी र तनहुँमा  सवारी दुर्घटना दुई घाईते

म्याग्दी, ६ भदौ । अन्नपुर्ण गाउँपालिका-६ शिख स्थित म्याग्दी हाईड्रो पावरको ग२क १६३० नम्बरको मिनि टिप्पर सोहि हाईड्रो पावरको सुरुङमा व्याक गर्ने क्रममा ब्रेक फेल भई अंन्दाजि ३० मिटर तल खस्दा चालक रुकुम लुकुम बस्ने वर्ष ४३ को टेकमान कामी घाईते भएका छन् । घाईतेलाई  बेनि अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

बन्दिपुर गाउँपालिका-४ चुनपहरा स्थित पृथ्वि राजमार्गमा काडमाण्डौबाट पोखरातर्फ आँउदै गरेको ग १ य १०६९ नंम्बरको को    Scorpio र विपरित दिशाबाट जाँदै गरेको ग १६ प ४०९९ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक आबुखैरेनि गाउँपालिका-५ बस्ने वर्ष २५ को राजु श्रेष्ठ घाईते भएका छन्  उनलाई  उपचारको लागि लक्ष्मि अस्पताल डुम्रे पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई Scorpio र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका