पत्रकार ओम हमाल पक्राउ गरेको प्रति नेपाल प्रेस युनियन कास्कीको घोर भरसना | Samacharpati        
Home | About Us | Contact | Unicode |

पत्रकार ओम हमाल पक्राउ गरेको प्रति नेपाल प्रेस युनियन कास्कीको घोर भरसना

पोखरा, ६ भदौ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति नेपाल प्रेस युनियन कास्कीको ध्यान आकर्षण भएको छ । जनसंचार डटकमका संचालक सम्पादक ओम हमाललाई कास्की प्रहरीले पोखरा महानगरपालीका ३० खुदीवाट पक्राउ गरेको प्रति घोर भरसना गरेको छ ।
हमालले पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार , अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार, पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी,धौललगिरीका संयोजक समेत रहेका छन् ।

पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गदै नेपाल प्रेस युनीयन कास्कीका अध्यक्ष नविन सिग्देलल र सचिव प्रदिप पौडेले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

नेपाल प्रेस युनियन
जिल्ला कार्य समिति, कास्की

प्रेस बिज्ञप्ति
मिति २०७६/५/६

नेपाल प्रेस युनीयन कास्कीकी उपाध्यक्ष रबिना आले लाई पृत्रि शोक परेको छ । रेडियो तरङ्ग का स्टेसन म्यानेजर रबिना आले का पिता टकबहादुर आलेको ७६ बर्ष को उमेरमा देहावसान भएको हो । नेपाल प्रेस युनीयन कास्कीका अध्यक्ष नविन सिग्देल र र सचिव प्रदिप पौडेले जारी गरेको प्रेस बिज्ञप्तिमा स्वर्गीय आलेको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरीएको छ ।
रबिना लगायत सम्पूर्ण आले परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि भगवान् संग प्रार्थना गरीएको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
……………………… ………………………
प्रदिप पौडेल नवीन सिग्देल
सचिव अध्यक्ष

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित