मुख्यमन्त्री गुरुङ वेलायत प्रस्थान | Samacharpati        
Home | About Us | Contact | Unicode |

मुख्यमन्त्री गुरुङ वेलायत प्रस्थान

पोखरा, ६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार वेलायत प्रस्थान गरेका छन । वेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए ।

हाम्रो सस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारा सहित आइतबारदेखि वेलायतमा नेपाली मेला सुरु हुदैछ । मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुनेछन । तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुदै आएको छ । वेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन वेलायत सहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ ।

वेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण बर्षका लागि वताबरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित