शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक कुइन प्रिज्मा र प्रिन्सी (भिडियो) | Samacharpati        
Home | About Us | Contact | Unicode |

शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक कुइन प्रिज्मा र प्रिन्सी (भिडियो)

काठमाडौँ, ६ भदौ । गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ ।

अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन ।

भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित