डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीतमा आयो ‘पंखा एसी’ भिडियो  | Samacharpati        
Home | About Us | Contact | Unicode |

डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीतमा आयो ‘पंखा एसी’ भिडियो 

काठमाडौँ, ६ भदौ । नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

डि.पी खनालको शब्द, शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र लम्फु बाट चर्चामा आएका नायक कबिर खड्का मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ।

अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन । शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको पंखा एसी को भिडियो डश म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। हेर्नुस भिडियोस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित