कास्कीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

कास्कीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

पोखरा, ६ भदौ । गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलिले यही भाद्र ०५ गते लागूऔषध ब्राउन सुगर सहित २ जनालाई  पक्राउ गरेको छ । पोखरा महानगरपालिका-२ बसपार्क एरीयाबाट ति लागूऔषध बोक्ने २ जना गिरोहलाई  प्रहरीले   पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा सोहि स्थान बस्ने २६ वर्षिया रचना गिरी र ३८ वर्षिय बिमल लामा रहेका छन । पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारि राखेको ब्राउन सुगरका पोका फेला पारि बरामद गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान लागि वडा प्रहरी कार्यालय बगर पठाईएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित