कास्की काँग्रेसले क्षेत्र नं २ मा प्रतिनिधि खटायो | Samacharpati        
Home | About Us | Contact | Unicode |

कास्की काँग्रेसले क्षेत्र नं २ मा प्रतिनिधि खटायो

पोखरा, ५ भदौ  । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिएका छन् ।

बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति आइबहादुर गुरुङ, पोखरा ११ मा सचिव सुदीपमोहन भट्टराई, पोखरा २१ मा सचिव देवेन्द्र रानाभाट, पोखरा ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा ७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोेकेको छ । त्यस्तै, पोखरा १५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला ‘मधु, पोखरा १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, पोखरा ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।

बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेबारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरा आयोजना गरेको प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित