गोरखामा पहिरोले घर पुर्दा चौध लाख बराबरको क्षती – Samacharpati Samacharpati गोरखामा पहिरोले घर पुर्दा चौध लाख बराबरको क्षती – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गोरखामा पहिरोले घर पुर्दा चौध लाख बराबरको क्षती

गोरखामा पहिरोले घर पुर्दा चौध लाख बराबरको क्षती

गोरखामा पहिरोले घर पुर्दा चौध लाख बराबरको क्षती

गोर्खा, ५ भदौ । राती देखि परेको अविरल वर्षाका कारण गोरखाको अजिंरकोट गाउँपालिका-१ घर भई हाल बारपाक सुलिकोट गाउँपालिका-१ रुतिकामा किराना पसल संचालन गरी बसेका देव बहादुर गुरुङको जस्ताले छाएको एक तले कच्ची घर माथीबाट पानीको लेदो सहितको पहिरो जाँदा क्षती भएको छ  गुरुङको  घरमा  क्षती भएको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा बुझ्दा घर भित्र रहेको खाद्यान्न,लत्ता कपडा,पसलको सम्पूर्ण सामान सहित उक्त घर समेत पूर्ण रुपमा क्षति भएको र उक्त पहिरोबाट अन्दाजी रु चौध लाख (१४,००००० )बराबरको धनमाल क्षति भएको पाईएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

साझँदेखि परेको अविरल वर्षाको कारण कुश्मा नगरापलिका-२ खुर्कोट बस्ने वर्ष ७० को रेम बहादुर चालिसेको ढुङ्गा माटोले बनेको,जस्ताको छाना भएको दुई तले कच्ची घरभन्दाअंन्दाजी १५ मिटर माथिबाट पहिरो आई घर पुरीन जाँदा घर भित्रै रहेका निज रेम बहादुर चालिसेको पुरीएर मृत्यु भएको छ । उक्त स्थानमा पहिरो गई घर पुरीएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई स्थानियहरुको सहयोगमा खोजी गर्दै जादाँ आज निज रेम बहादुर चालिसे मृत अवस्थामा फेला परेका हुन । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका