चिसापानी टोल आमा समुहको दोस्रो वार्षिक उत्सव सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

चिसापानी टोल आमा समुहको दोस्रो वार्षिक उत्सव सम्पन्न

पोखरा १३ मा रहेको चिसापानी टोल आमा समुहको दोस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न ।

पोखरा महानगरपालिका वडा नं १३ मा रहेको चिसापानबी टोल आमा समुहले दोस्रो वार्षिक उत्सव मनाएको छ । स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको सो आमा समुहले आज याङ्जाकोट तमू समाज पोखरामा एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव समारोह सम्पन्न गरेको हो ।

वार्षिक उत्सव समारोहको महिला उद्यमी संघ कास्कीकी अध्यक्ष तथा पोखरा अचार उद्योगका सञ्चालक काशी गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले महिलाहरु जति सक्दो बढी शिक्षित हुन जरुरी रहेको भन्दै महिला शिक्षित भएमा मात्र घर परिवारसँगै उद्योग धन्दा पनि चलाउन सक्ने बताउनुभयो । चिसापानी आमा समुहले गर्ने कुनै पनि काममा आफूले सक्दो सहयोग गर्दै जाने भन्दै उहाँले दिदीबहिनीहरुलाई लगानीमा अग्रसर हुन अनुरोध गर्नुभयो ।
यस्तै याङ्जाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङले अहिले देशमा महिलाहरुको लहर चलेको भन्दै महिलाहरु जति सक्दो शिक्षित भएर अधिकारका लागि अघि बढन आग्रह गर्नुभयो । इमान्दारी र जिम्मेवारीले मात्रै मानिसलाई उचाईमा पु्रयाउने भन्दै उहाँले सबै महिलाहरुलाई आफनो दायित्व पनि बोध गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा चिसापानी टोल विकास संस्थाका सल्लाहकार क्या.चन्द्रप्रसाद गुरुङले युवाहरुले नेपालमै उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
वार्षिक उत्सवको अवसरमा आमा समुहले टोलका वृद्धा आमाहरुलाई सम्मान गरेको छ भने यसवर्ष एईई र कक्षा १२ एवम् स्नातक तह उत्र्तिण गरेका टोलका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आमा समुहका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रम समुहकी अध्यक्ष डिलसुब्बा गुरुङ र उहाँका श्रीमान् डम्मर गुरुङले खाजा प्रायोजन गर्नुका साथै नगद ५ हजार आर्थिक सहयोग गर्नुभएको छ भने कार्यक्रममा सम्मानित भावी गुरुङबाट ५ हजार, खादी गुरुङबाट ५ हजार, विष्णुकुमारी गुरुङबाट ५ हजार र लालश्री गुरुङबाट ३ हजार आमा समुहलाई सहयोग प्रदान गरिएको छ ।

यस्तै कार्यक्रममा ओम प्हच्यु गुरुङ र श्रीमीत दिलमाया गुरुङबाट ३ हजार, सु.दानबहादुर गुरुङबाट एक हजार, हवल्दार भीमबहादुर गुरुङबाट एक हजार, सु.मन्त्रीजंग गुरुङबाट एक हजार, खडकबहादुर गुरुङबाट एक हजार बीस र ले.नरबहादुर गुरुङबाट एक हजार सहयोग प्रदान गरिएको छ ।
आमा समुहकी अध्यक्ष डिलसुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बालकाशी गुरुङले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित